Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

    नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 279
    SHARES

    काठमाडौं । एसएमस फ्रेन्डसिप कपमा नेपालले गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ।

    कप्तान रोहित कुमार पौडेलको अर्धशतमा नेपालले गुजरातलाई १७७ रनको लक्ष्य दिएको हो ।



    नेपालले फाइनलमा टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १७६ रन जोड्यो नेपालका लागि कप्तान पौडेलले उत्कृष्ट ब्याटिङ गरे।



    उनले ७४ रनको योगदान गरे। रोहितले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। ओपनरद्वय कुशल भुर्तेलले १९ रन र आसिफ शेखले ३४ रन बनाए। दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट हुँदा कुशल मल्लले १३ बलमा नटआउट ३१ रन जोडे।

    कुशलले २ चौका र २ छक्का प्रहार गरे। सन्दीप जोराले ३ बल खेल्दा १ चौका प्रहार गर्दा नटआउट ७ रन बनाए। सिरिजको फाइनल खेलमा नेपाली टिममा अघिल्लो खेल खेलेका चार खेलाडी परिवर्तन गरिएको छ।

    जसमा आकास चन्द, प्रतिश जिसी, ललित राजवंशी र अनिल साह टिममा छैनन्। खेलमा रोहित पौडेल, सोमपाल कामी, अभिनास बोहरा र आसिफ शेख टिममा फर्किएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार