Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बरोडासँग ३७ रनले हार्‍यो नेपाल

    बरोडासँग ३७ रनले हार्‍यो नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 327
    SHARES

    काठमाडौं । नेपाल भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडासँग ३७ रनले पराजित भएको छ ।

    १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा अल आउट भएको हो । टस जिती पहिले ब्याटिङको निणर्य लिएको बरोडाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो ।



    नेपालका सन्दीप जोराले ४३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५६, कुशल भुर्तेल १६, विवेक यादव १७, कुशल मल्ल ३, करण केसी शून्य, दीपेन्द्रसिंह ऐरी २, अनिलकुमार शाह र गुलशन झा १-१ रनमा आउट भए ।



    बरोडाका ध्रुव पटेलले ३.५ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । लक्षित तोक्सियाले ३, जय अभले २ विकेट लिए । नेपालका करण केसी र गुलशन झाले २-२ विकेट लिए ।

    आकाश चन्द, प्रतिश जि.सी र ललित राजवंशीले १-१ विकेट लिए । यसअघि नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । नेपालले फाइनलमा आइतबार गुजरातसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार