Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गुजरातलाई हराउँदै नेपालले जित्यो एसएमएस कपको उपाधि

    गुजरातलाई हराउँदै नेपालले जित्यो एसएमएस कपको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टोलीले एसएमएस त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि जितेको छ ।

    नेपालले आइतबार खेलिएको फाइनल खेलमा गुजरात क्लबलाई १८ रनले हराउँदै उपाधि चुमेको हो ।



    टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो ।



    जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले भने निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५८ रनमात्र बनाउन सक्यो ।

    जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली गुजरातलाई लक्ष्यसम्म पुग्न नदिन नेपालका बलर अभिनाष बोहराले तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि दुई विकेट हात पारे । कुशल मल्ल र करण केसीले पनि एक-एक विकेट लिए ।

    नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले केवल ४७ बलमा ७४ रन बनाए । ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा ३४ बलमा ३४ रन थपे ।

    सन्दीप जोराले तीन बलमा अविजित सात रन बटुले । भारतीय टोलीका बलर शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले एक-एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार