Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नेपालले लियो नामिबियाको तेस्रो विकेट

    नेपालले लियो नामिबियाको तेस्रो विकेट

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 612
    SHARES

    काठमाडौं। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको जारी खेलमा नेपालले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

    नामिबियाको तेस्रो विकेट सोमपाल कामीले लिएका हुन् । उनले नामिबियाका जिन पियर कोट्जीलाई आउट गरे । सोमपालले कोट्जीलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका हुन् ।



    सोमपालले लिएको यो दोस्रो विकेट हो । पेभेलियन फर्किनुअघि कोट्जीले २२ बलमा चार चौकाको मद्दतले २५ रन बनाए ।



    ७.२ ओभरमा कोट्जी आउट हुँदा नामिबियाले ५० रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार