Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नाइट क्लबमा काम गर्ने युवतीमाथि सामूहिक बलात्कार

    नाइट क्लबमा काम गर्ने युवतीमाथि सामूहिक बलात्कार

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 2.5K
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । नाइट क्लबमा काम गर्ने युवतीमाथि गोठाटारमा सामूहिक बलात्कार भएको छ ।

    माघ २० मा दुई जना मिलेर २२ वर्षीया युवतीलाई गोठाटारस्थित एउटा होटलमा बलात्कार गरेका हुन् ।



    बलात्कारमा संलग्न आरोपमा प्रहरी वृत्त नयाँ बानेश्वरले सिन्धुपाल्चोक घर भएका पदम घयाम्जो तामाङलाई पक्राउ गरेको थियो ।



    जिल्ला अदालत काठमाडौंले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    अभियुक्त तामाङ ट्याक्सी चालक हुन् । बलात्कारमा संलग्न अर्का एक जना फरार छन् ।

    दरबारमार्गस्थित रात्रि क्लबमा काम गर्ने युवतीलाई उनीहरुले गोठाटारमा लगेर बलात्कार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार