Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दीपेन्द्र बने टी-२० आई क्रिकेटमा सर्वाधिक क्याच गर्ने नेपाली खेलाडी

    दीपेन्द्र बने टी-२० आई क्रिकेटमा सर्वाधिक क्याच गर्ने नेपाली खेलाडी

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 528
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० आई क्रिकेटमा सर्वाधिक क्याच गर्ने नेपाली खेलाडी बनेका छन् ।

    उनले टियु क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजको नेदरल्यान्डविरुद्धको खेलमा एक क्याच लिएसँगै दीपेन्द्रले सर्वाधिक क्याच गर्ने नेपाली खेलाडीको कीर्तिमानी आफ्नो नाममा बनाएका हुन् ।



    दीपेन्द्रले माइकल लेभिटको क्याच लिएका थिए। दीपेन्द्रले ५७ खेलमा २४ क्याच समातेका छन् ।



    यसअघि यो कीर्तिमान कुशल भुर्तेलको नाममा थियो । कुशलले ३२ खेलमा २३ क्याच लिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार