Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ठूलो मात्रामा चिनी र केराउ बरामद

    अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ठूलो मात्रामा चिनी र केराउ बरामद

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 6.8K
    SHARES

    नवलपरासी । सशस्त्र प्रहरीले नवलपरासीको सुस्ता गाउँपालिका–१ बरुवमा रहेको एक गोदाममा छापा मारेको छ ।

    भारतबाट अवैधरूपमा ल्याइएको सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासिबाट सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेको कमान्डमा गएको टोलीले सोमबार साँझ गोदाममा छापा मारेको हो ।



    सो क्रममा दुई हजार बोरा चिनी र केराउ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । २०० बोरा चिनी र एक हजार ७०० बोरा भन्दा बढी केराउ फेला परेको छ ।



    स्थानीय ज्ञानु अर्यालको घर पछाडि करिब ५० फिट लम्बाइ र ३० फिट चौडाइको टिनको गोदाममा लुकाइराखेको अवस्थामा चिनी र केराउ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

    करिब ४५ लाख मूल्यभन्दा बढीको अनुमान गरिएको चिनी र केराउ आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय नवलपरासी बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार