Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सशस्त्रका डीएसपी बस्यालको यस्तो छ ‘सुसाइड नोट’

    सशस्त्रका डीएसपी बस्यालको यस्तो छ ‘सुसाइड नोट’

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 7.6K
    SHARES

    मोरङ । मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको सुसाइड नोट भेटिएको छ ।

    उनी सोमबार मोरङको प्रस्तावित सीमा सुरक्षा गुल्म मोरङ धनपालथान गाउँपालिका–३ सोराभागस्थित गुल्मभित्रकै भान्साकोठामा मृत फेला परेका थिए ।



    झुन्डिएको अवस्थामा फेला परेका डीएसपीको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको थियो । सोही क्रममा डीएसपी बस्यालले लेखेको सुसाइड नोट फेला परेको हो । उनले सुसाइड नोटमा राजीखुसीले निर्णय लिएको लेखेका छन् ।



    प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार उनले ‘कसैलाई दुख नदिन र आफ्नो खुसीले निर्णय लिएको भनेका छन् ।’ उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको प्रजिअ भट्टराईले बताए ।

    उनी धनपालथान गाउँपालिका ३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभाग मोरङको गुल्मपति थिए । पाल्पास्थायी घर भएका बस्याल २०६२ सालदेखि सशस्त्र प्रहरी बलको निरीक्षकबाट सेवा सुरु गरेका अधिकारी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार