Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • राप्रपा नेता ठाकुरमोहनमाथि पार्टी कार्यालयमै कुटपीट

    राप्रपा नेता ठाकुरमोहनमाथि पार्टी कार्यालयमै कुटपीट

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 558
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै आक्रमण भएको छ ।

    पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि आइतबार आक्रमण भएको हो ।



    आक्रमण गर्नेहरू पार्टीभन्दा बाहिरका मानिस रहेको राप्रपाले जनाएको छ । आक्रमणपछि उनीहरू फरार रहेका छन् ।



    राप्रपाले आक्रमणकारीलाई खोजी गर्न प्रहरीलाई जानकारी गराएको छ। कार्यसम्पादन समितिको बैठक लम्बिने भएपछि साढे ११ बजेतिर लन्च ब्रेक भएको थिय ।

    नेताहरू खाना खान बाहिर निस्कने क्रममा एक्कासि पूर्व एआइजी समेत रहेका श्रेष्ठमाथि आक्रमण भएको थियो।

    कार्यसम्पादन समितिको बैठकमा छलफलका क्रममा नेता विक्रम पाण्डेमाथि विभिन्न प्रश्न उठेको भन्दै आलोचना भएको थियो ।

    सोही क्रममा श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारमा संलग्न रहेको भन्दै पार्टी बचाउमा लाग्नुपरेको बताएका थिए ।

    त्यसपछि आक्रोशित हुँदै पाण्डे बैठकस्थलबाट बाहिरिएका थिए । त्यसलगत्तै श्रेष्ठमाथि आक्रमण भएको राप्रपा स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार