Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रधानमन्त्रीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय, प्रदेश सरकारमा पनि सहभागी नहुने

    प्रधानमन्त्रीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय, प्रदेश सरकारमा पनि सहभागी नहुने

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 720
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ ।

    राप्रपाको यही शनिबार, आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।



    पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको जानकारी दिए ।



    प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आए पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको उनले बताए ।

    राप्रपाले राष्ट्रिय राजनीतिमा केन्द्रीयस्तरमा हुने निर्णय प्रदेशस्तरमा हुनु र गरिनुलाई अनुपयुक्त भनेको छ । इलाम र बझाङमा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा प्रदेश सभाको उपनिर्वाचनमा सहभागी हुने निर्णय पनि राप्रपाले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार