Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुन तस्करीमा पूर्वसभामुख महराविरुद्ध मुद्दा चलाउन सिफारिस

    सुन तस्करीमा पूर्वसभामुख महराविरुद्ध मुद्दा चलाउन सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 522
    SHARES

    काठमाडौं । सुनको अवैध तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

    सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो।



    आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो ।



    इलेक्ट्रिक चुरोट ‘भेप’मा भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ ।

    पूर्व सभामुख महरालाई फेरि अनुसन्धान गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरेको गृह मन्त्रालय स्रोतले बतायो ।

    महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

    ६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौंमा सुन तस्करी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार