Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुन तस्करीमा विध ल्यावका सञ्चालक भीमकान्तमाथि मुद्दा चलाउन सिफारिस

    सुन तस्करीमा विध ल्यावका सञ्चालक भीमकान्तमाथि मुद्दा चलाउन सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 942
    SHARES

    काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय आयोगले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीलाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

    आयोगले बुझाएको प्रतिवदेनमा भण्डारीसहित ७ जनालाई मुद्दा चलाउन सिफारिस गरेको हो।  भण्डारीसँग आयोगले २५ माघमा सिंहदरबारमा पनि बयान लिएको थियो ।



    ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि भण्डारी छानबिनको दायरामा परेका थिए ।



    उनले दावासँग ठूलो रकम लेनदेन र चिनियाँ तस्करीहरुबारे कुराकानी गरेको फेला परेको थियो । तर, ब्यूरोले गम्भीरतापूर्वक अनुसन्धान नगरेको आयोगको निष्कर्ष छ ।

    भण्डारीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा अख्तियारले मुद्दा दायर समेत गरेको थियो । विशेष अदालतले उनलाई सफाइ दिएपनि अख्तियार त्योविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार