Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पक्राउ

    सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 678
    SHARES

    काठमाडौं । सुन तस्करी प्रकरण संलग्न रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

    प्रहरी स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले दिपेशलाई टोखाबाट  पक्राउ गरेको हो ।



    ६० किलो सुन तस्करीमा संलग्न बेल्जियनका दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएको थियो ।



    तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ ।

    सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो ।

    तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा अहिले थुनामा छन् ।

    राजस्व अनुसन्धान विभागले गत साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरेको ६० किलो ७ सय १७ ग्राम सुन प्रकरणमा दावा ब्यवस्थापकको भुमिकामा देखिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार