Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लुम्बिनीबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याइँदै

    लुम्बिनीबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याइँदै

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 642
    SHARES

    काठमाडौं । लुम्बिनीबाट पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याउने तयारी भएको छ ।

    लुम्बिनीबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याउन लागिएको प्रहरी स्रोतले बतायो । सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए ।



    महरालाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं ल्याउने तयारी गरिएको छ। महरालाई विमानस्थल पुर्‍याइसकिएको छ।



    आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

    महरा अहिले भैरहवा विमानस्थलमा छन् । उनलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा उत्रिनेबित्तिकै सीआईबीले नियन्त्रणमा लिने प्रहरी स्रोतले बतायो ।

    इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ। ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई मु‍द्दा चलाउन सिफारिस गरेको थियो।

    जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै सिआइबीमा पुगेको छ। यसअघि सिआइबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागजमात्रै गराएर छाडेको थियो। उनका छोरा राहुल महरा भने पक्राउ परी पुर्पक्षका लागि थुनामा छन्।

    गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार