Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लुम्बिनीबाट पक्राउ परेका महरालाई सीआईबी लगियो

    लुम्बिनीबाट पक्राउ परेका महरालाई सीआईबी लगियो

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 372
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले भैरहवाबाट नियन्त्रण गरेर काठमाडौं ल्याएको छ ।

    महरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो ।



    लुम्बिनीबाट पक्राउ परेका महरालाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको थियो। महरालाई आजै बिहान रुपन्देहीबाट पक्राउ परेका थिए ।



    काठमाडौं ल्याइएसँगै उनलाई सीआईबीमा लगिएको छ । महरालाई विमानस्थलबाट गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालयमा लगिएको हो ।

    भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

    सुन तस्करीसम्बन्धी छानबिन आयोगले महरालाई पक्राउ गरेर मुद्दा अगाडि बढाउन सिफारिश गरेको थियो ।

    आयोगको सिफारिशबमोजिम महरालाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले आइतवार प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार