Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लुम्बिनीबाट पक्राउ परेका महरालाई सीआईबी कार्यालय पुर्‍याइयो

    लुम्बिनीबाट पक्राउ परेका महरालाई सीआईबी कार्यालय पुर्‍याइयो

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 438
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ल्याइएको छ ।

    सुन तस्करी प्रकरणको अनुसन्धानका लागि लुम्बिनीबाट पक्राउ परेका महरालाई सीआइबीमा ल्याइएको हो ।



    महराविरुद्ध मुद्दा उठाएर थुनाका लागि म्याद थप्न सरकारी वकिल कार्यालयमा लगिने छ । सोमबार महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिइएको थियो ।



    आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।

    सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न गृहमन्त्री लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका हुन्।

    जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका थिए।

    साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार