Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अवैधरुपमा नेपाल प्रवेश गर्ने नाइजेरियन नागरिक पक्राउ

    अवैधरुपमा नेपाल प्रवेश गर्ने नाइजेरियन नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 402
    SHARES

    झापा । सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल प्रवेश गरेको एक नाइजेरियन नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ।

    झापास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङले नाइजेरियन नागरिक अनेकोर सिमोन ओगेचुकु र भारतीय नागरिक सनम राईलाई पक्राउ गरेको हो।



    सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई मेचीनगर नगरपालिका– १ डिल्लीगौडा भन्ने ठाउँबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले जनाएको छ ।



    भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला मणिग्राम पञ्चायत मारा पुल बस्ने राईले नाइजेरियन नागरिक ओगेचुकुलाई डब्लुबी ७४०७५८ नम्बरको भारतीय मोटरसाइकलमा राखेर अवैध बाटो भएर नेपाल प्रवेश गराउन खोजेका थिए ।

    नाइजेरियन नागरिक ओगेचुकुबाट ४ हजार ५ सय भारतीय रुपैयाँ,दुई थान मोबाइल,एक थान एनआइसी एसिया,एक थान नाइजेरियन पासपोर्ट, भिसा र भारतीय नागरिक राईको साथबाट एक थान मोबाइल, भारतीय एटिएम, भारतीय रुपैयाँ १४ हजार ४२० फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार