Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सशस्त्रमा किन रोकियो डीआईजीको बढुवा ?

    सशस्त्रमा किन रोकियो डीआईजीको बढुवा ?

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीमा एसपी पदमा बढुवा रोकिएजस्तै सशस्त्र प्रहरी बलमा पनि डीआईजी बढुवाको अवस्था त्यस्तै छ ।

    सशस्त्रमा विगत सात महिनादेखि डिआइजीको एक पद रिक्त छ । बढुवाको प्रक्रिया सुरु गरेको डेढ महिना हुन लाग्दा पनि फाइल अघि बढ्न सकेको छैन ।



    गत फागुनको पहिलो साता सशस्त्र प्रहरी बलले बढुवाका लागि सूचना निकालेको थियो । जसमा पाँच एसएसपीले फर्म भरेका हुन् । १० फागुनमै फर्म भर्ने म्याद सकिएकोमा अहिलेसम्म त्यसउपर निर्णय प्रक्रिया अघि बढ्न सकेको छैन ।



    एसएसपीहरू दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोद श्रेष्ठ र दीपेन्द्र कुँवरले फर्म भरेका छन् । सबैभन्दा सिनियर कृष्णराज पाठक छन् । प्राविधिक सई बाट सेवा प्रवेश गरेका उनी कमजोर क्षमताका मानिन्छन् । त्यस कारण सिंस १ का अधिकारीबाटै बढुवा हुने सम्भावना छ ।

    जसमा पहिलो नम्बरका दीपक अधिकारी प्रमुख दाबेदार मानिएका छन् । यद्यपी सत्ता गठबन्धन फेरिएसँगै अन्यले पनि प्रयास गरिरहेका छन् । सिंस २ का दीपेन्द्र कुँवरले पनि फर्म भरेका छन् ।

    तर, कांग्रेस सत्ताबाट बाहिरिएसँगै उनको चलखेल पनि अन्त्य भइसकेको छ । उनी कांग्रेस सभापति शेरबहादुर देउवाका पिए भानु देउवाका बहिनीज्वाई हुन् । सशस्त्रमा अकुत सम्पत्ति आर्जन गरेका अधिकृत हुन् ।

    गृहमन्त्री रवि लामिछानेले गत साता सशस्त्र प्रहरी मुख्यालयमा पुगेर हिजोको शैलीमा संगठन नचल्ने भनेर आदर्शवादी गफ गरेका थिए । तर, नियमित बढुवा समेत अघि बढाउन सकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार