Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • त्रिकोणात्मक टी-२० सिरिज : टस जितेर गुजरातविरुद्ध फिल्डिङ गर्दै नेपाल

    त्रिकोणात्मक टी-२० सिरिज : टस जितेर गुजरातविरुद्ध फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 351
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा भारतको स्टेट टीम गुजरातसँग टस जितेर नेपालले पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

    नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् ।



    उक्त खेल साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ।



    नेपालसहित भारतका दुई स्टेट टीम गुजरात र बरोडाले त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछन्।

    सिरिज डबल राउन्ड रोबिनमा हुनेछ। शनिबार नेपाली टोली भारत पुगेको थियो।

    एसीसी प्रिमियर कपको तयारीका लागि नेपालले उक्त सिरिज खेल्न लागेको हो।

    नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार