Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गुजरातविरुद्ध गुलसनले लिए चार विकेट

    गुजरातविरुद्ध गुलसनले लिए चार विकेट

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 429
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातविरुद्ध गुल्शन झाले घातक बलिङ गरेका छन् ।

    गुल्शन एक्लैले आफ्नो चार ओभरमा २२ रन खर्चिएर गुजरातको चार विकेट लिएका हुन् ।



    टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि गुल्शनले चार र करण केसीले दुई विकेट लिएका छन् ।



    सोमपाल कामीले एक विकट लिएका छन् । थप एक विकेट रन आउट हुँदा गुजरातले १६ ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको छ ।

    नेपाल, गुजरात र बरोडाबीच आजबाट सुरु भएको त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार