Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • त्रिकोणात्मक टी-२० सिरिज

    गुजरातले दियो नेपाललाई ९९ रनको सामान्य लक्ष्य

    गुजरातले दियो नेपाललाई ९९ रनको सामान्य लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 342
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आइतबार जारी खेलमा गुजरातले नेपाललाई ९९ रनको लक्ष्य दिएको छ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले अल आउट हुँदै ९८ रन बनाएको हो।



    साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा ९८ रनमा अल आउट भयो ।



    गुजरातलाई सस्तैमा अलआउट गर्ने क्रममा गुलसन झाले ४ विकेटको महत्वपूर्ण योगदान गरे। उनले ४ ओभर बलिङ गर्दै उमंग टण्डेल, स्मिथ पटेल, हेमांग पटेल र ऋषि पटेललाई आउट गरे।

    यस्तै करन केसीले ३ विकेट लिए भने सोमपाल कामीले १ जनालाई पेभेलियन फर्काए। २ जना रन आउट भएका थिए। गुजरातका लागि रुद्र पटेलले सर्वाधिक २३ रन बनाए। हेमांग पटेलले २०, अभिषेक देसाई ११ तथा स्मिथ पटेलले १० रनको योगदान गरे।

    नेपालले दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको तयारीस्वरुप यो सिरिज लेखेको हो। नेपालले दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ।

    चैत २१ गुजरातसँग खेल्नेछ। त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ। फाइनल चैत २५ हुनेछ। शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार