Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आज चैत १९ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

    आज चैत १९ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । आज २०८० साल चैत १९ गते सोमबारको राशिफल ।

    मेष



    आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।



    मिथुन

    आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।

    सिंह

    आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । टाढाको यात्राको सम्भावना समेत छ ।

    तुला

    आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

    धनु

    आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

    कुम्भ

    आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

    बृष

    अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

    कर्कट

    आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला ।

    कन्या

    आज सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। खानपिन प्रति सजग रहन बढी जरूरी छ ।

    बृश्चिक

    आज भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

    मकर

    आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ । नियमित खर्चसमेत बढ्ने योग छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

    मीन

    आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार