Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • यो गठबन्धनले मुलुकलाई निकास दिन सक्दैन, अब कांग्रेस र एमाले मिल्नुपर्छ : शेखर कोइराला

    यो गठबन्धनले मुलुकलाई निकास दिन सक्दैन, अब कांग्रेस र एमाले मिल्नुपर्छ : शेखर कोइराला

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 342
    SHARES

    विराटनगर। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांगेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

    विराटनगर विमानस्थलमा बोल्दै नेता कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न कांगेस र एमाले एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।



    नेता कोइरालाले भने,‘अहिले जुन गठबन्धनहरु चलिरहेको छ नि, एमाले र माओवादीको । यो भन्दा पहिला नेपाली कांग्रेस र माओवादीको । यो गठबन्धनले देशको आर्थिक विकास हुने त कुनैपनि सम्भावना छैन, यस्तो गठबन्धनहरुले।’



    उनले अहिलेको गठबन्धनले कुनै निकास नदिने बताए ।  यसअघि पहिलो संविधानसभा निर्वाचनमा चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्दा पनि संविधान नबनेको कोइरालाले स्मरण गरे ।

    तर दोस्रो संविधानसभामा एमाले र कांग्रेस मिलेपछि संविधान बनेको उनले बताए । उनले अहिलेको कोशी सरकार संविधानमा रहेको सरकार गठनको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताए ।

    कोशी सरकार विघटन भए मध्यावधिमा जाने उनले बताए । अहिले कोशी प्रदेश सरकार अल्पमतमा नरहेको र समर्थन फिर्ता लिएपछि पनि राजीनामा दिने वा नदिने भन्ने कुरा नैतिकताको कुरा रहेको कोइरालाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार