Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • अमेरिकी दबावपछि गाजा प्रवेशका लागि चार मार्ग खोल्ने इजरायलको घोषणा

    अमेरिकी दबावपछि गाजा प्रवेशका लागि चार मार्ग खोल्ने इजरायलको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 285
    SHARES

    एजेन्सी । अमेरिकाले गाजा युद्धलाई लिएर आफ्नो नीतिमा तीव्र परिवर्तन आउनसक्ने चेतावनी दिएपछि इजरायलले उत्तरी गाजामा सहायता वितरण गर्न ‘अस्थायी’ अनुमति दिने घोषणा गरेको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको ३० मिनेटको टेलिफोन वार्तामा इजरायलप्रतिको अमेरिकी नीति गाजामा रहेका नागरिक र सहायताकर्मीको सुरक्षामा निर्भर रहेको बताएका थिए ।



    त्यसको केही घण्टापछि नै बिहीबार मध्यरातमा नै इजरायलले अवरुद्ध गाजामा थप सहायता मार्ग खोल्ने घोषणा गरेको हो। इजरायलको युद्ध क्याबिनेटले अश्दोद बन्दरगाह र एरेजमार्फत सहायता वितरण गर्न अस्थायी अनुमति दिएको छ ।



    ह्वाइट हाउसले राष्ट्रपति बाइडेनको आग्रहमा लिइएको उक्त कदमको स्वागत गरेको छ। इजरायलले हमासविरुद्ध छ महिनादेखि जारी युद्धका कारण भएको क्षतिलाई लिएर अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ र इजरायलको मुख्य समर्थक वासिङ्टनले कडा आलोचना खेप्नुपरेको छ ।

    हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक अभियानले कम्तीमा ३३ हजार ३७ जनाको ज्यान लिइसकेको छ ।

    अक्सफामका अनुसार उत्तरी गाजाका प्यालेस्टिनीहरूले जनवरीदेखि दैनिक औसत २४५ क्यालोरीमा मात्र बाँच्नुपरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार