Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बालुवाटारमा प्रचण्ड, गगन र सिटौलाबीच भेटवार्ता

    बालुवाटारमा प्रचण्ड, गगन र सिटौलाबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 738
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुबाटार पुगेका छन् ।

    प्रतिनिधिसभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतासँग छलफल गर्न लागेका हुन्।



    प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि बोलाएका थिए । सभापति देउवाले महामन्त्री थापासहित सिटौलालाई पठाएका हुन् ।



    संसदीय दलको बैठक सकेर उनीहरू बालुवाटार पुगेका छन् । आज प्रतिनिधि सभा बैठक बस्दैछ ।

    तर, कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए बैठक चल्न नदिने बताउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार