Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कांग्रेस महामन्त्री थापाले भने – प्रचण्ड, देउवा र ओलीको सम्पत्ति छानबिन गरौं

    कांग्रेस महामन्त्री थापाले भने – प्रचण्ड, देउवा र ओलीको सम्पत्ति छानबिन गरौं

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 243
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला दलका अध्यक्ष र मन्त्री भएकाहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

    चाबहिलस्थित पशुपति मित्र माविको हीरक महोत्सवमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले २०४७ सालपछि नेपालको राजनीतिक र प्रशासनिक नेतृत्व लिएकाहरू जबाफदेही हुनुपर्ने बताए।



    कानून र संस्थालाई बलियो बनाएर यसबीचमा सांसददेखि मन्त्री र प्रधानमन्त्री भएकाहरूको सम्पत्ति छानबिन गरिनुपर्ने महामन्त्री थापाको भनाई छ ।



    महामन्त्री थापाले भने,‘कांग्रेस, एमाले, माओवादी अध्यक्षको, अहिलेको प्रधानमन्त्रीको, पूर्वप्रधानमन्त्रीको, हामीजस्ता मन्त्री भएका मानिसको सम्पत्ति छानबिन गरौं ।जति पनि ठूला काण्ड र प्रकरण छन् ती सबैमा जिम्मेवार मानिसलाई कहीँ न कहीँ दण्ड पाउनुपर्छ भनेर डर सिर्जना गरौं। नागरिकहरूलाई राज्यसँग भर होस्, गलत गरेकालाई राज्यसँग डर होस्।’

    सार्वजनिक सम्पत्ति अपचलन र सहकारी प्रकरणमा मुछिएकाहरूमाथि पनि छानबिन गरी कारबाही गरिनुपर्ने उनले बताए।

    अरब-अरब खाएर भागेका मानिसलाई कारबाही गर्न विभिन्न अड्का र निकाय भए पनि कारबाही नभएको महामन्त्री थापाले बताए।

    राजनीतिक दलका र जतिसुकै शक्तिशाली भए पनि गलत गर्‍यो भने दण्ड पाउँछ भन्ने कुरा स्थापित गरिनुपर्ने उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार