Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल र हङकङकबीचको खेल हुनुअघि मैदानमा वर्षा

    नेपाल र हङकङकबीचको खेल हुनुअघि मैदानमा वर्षा

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 381
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङबीचको खेल वर्षाको कारण प्रभावित हुने भएको छ ।

    खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा सुरु हुने तालिका छ । तर, हाल खेल हुने मैदानमा हल्का वर्षा भइरहेको छ ।



    पिच कभरले ढाकिएकोछ । त्यसैले खेलमा ओभर घटेर केहि ढिलो सुरु हुने देखिएको छ । पानी रोकिएपछि मात्रै टसको समय निर्धारणत हुनेछ ।



    टस नियमित समय अनुसार ११:१५ मा हुनुपर्ने हो । तर, त्यो ढिला हुनेछ । दुवै टोलीका खेलाडी भने मैदानमा आई पुगिसकेका छन् ।

    ओमानमा उच्च गर्मी हुँदा वर्षा रोकिएको केही समयपछि नै खेल खेल्न सुरु हुनेछ । नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ ।

    नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार