Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • यूएईविरुद्ध नेपालको खराब शुरूवात, ३ ओभर नसकिँदै गुमायो दोस्रो विकेट

    यूएईविरुद्ध नेपालको खराब शुरूवात, ३ ओभर नसकिँदै गुमायो दोस्रो विकेट

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 270
    SHARES

    काठमाडौं। एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि यूएईविरुद्धको खेलमा नेपालले दुवै ओपनरलाई गुमाएको छ।

    अलअमरेत क्रिकेट ग्राउन्ड १ मा टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको नेपालले दुबै ओपनरलाई गुमाएको हो ।



    तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख ११ बलमा १ छक्कासहित ८ रनमा एलबीडब्लू आउट भए ।



    त्यसअघि नेपालले रन नजोड्दै पहिलो विकेट गुमाएको थियो। तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल विकेटकिपर हैदरबाट क्याच हुँदै आउट भएका थिए ।

    खेलमा पहिलो बलमै कुशल भुर्तेल गोल्डेन डक आउट भएा थिए । यो समाचार तयार पार्दासम्म नेपालले ४ ओभरमा २ विकेट गुमाएर १७ रन जोडेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार