Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • डीएसपी भट्टराईको पाँच ग्रेड रोक्का !

    डीएसपी भट्टराईको पाँच ग्रेड रोक्का !

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 8.3K
    SHARES

    काठमाडौं । मदिरामा मात्तिएर आफ्नै महिला प्रहरीलाई दुर्व्यवहार गर्ने नेपाल प्रहरीका डीएसपी भिमलाल भट्टराईको पाँच ग्रेड रोक्का भएको छ ।

    जिल्ला प्रहरी कार्यालय, हुम्लाको प्रमुख हुँदा उनले यस्तो हर्कत गरेका थिए । गृह मन्त्रालयले उनलाई निलम्बन गरी घटनाको छानविन गरेको थियो ।



    छानविनको क्रममा उनी दोषी देखिएपछि पाँच ग्रेड रोक्का गरिएको गृह मन्त्रालय स्रोत बताउँछ । उनको निलम्बन पनि फुकुवा भएको छ ।



    अत्यधिक मदिरा पिउने भट्टराई जून कार्यालयमा पनि यस्तै विवादमा पर्दै आएका छन् । यसअघि इलाका प्रहरी कार्यालय, बुटवलमा हुँदा कार्यालयमै मदिरा पिएर बसेको खुलेपछि उनी कारबाहीमा परेका थिए ।

    महिला प्रहरीलाई दुर्व्यवहार गरेको गम्भीर घटनामा उनीमाथि विभागीय कारबाही मात्र भएको छ । यसअघि यस्तै घटनामा एसएसपी योगबहादुर पालले राजीनामा दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार