Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मकवानपुरको बुढिचौरमा मानव कंकाल फेला

    मकवानपुरको बुढिचौरमा मानव कंकाल फेला

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 228
    SHARES

    फाइल तस्विर

    मकवानपुर । मकवानपुरको आरूखोला जंगलमा मानव कंकाल फेला परेको छ।

    मकवानपुरगढी गाउँपालिका- ८ को बुढीचौरस्थित आरूखोला जंगलमा मानव कंकाल फेला परेको हो।



    कपडा र शारीरिक बनावटको आधारमा पुरूषको कंकाल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    शनिवार दिउँसो घाँस काट्न गएका महिलाले कंकाल देखेपछि स्थानीय जनप्रतिनिधिलाई खबर गरिएको थियो।

    प्रतिनिधिले खबर गरेपछि घटनास्थलमा प्रहरी पुगेको हो।  प्रहरीले घटनास्थलको मुचुल्कालगायत कानुनी प्रक्रिया पुरा गरी अहिले कंकाललाई हेटौडा अस्पतालमा राखिएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार