Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • माधवलाई प्रधानमन्त्री प्रचण्डको जवाफ – अहिले जोखिम र चुनौति छ, सामना गर्छौं

    माधवलाई प्रधानमन्त्री प्रचण्डको जवाफ – अहिले जोखिम र चुनौति छ, सामना गर्छौं

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 387
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको समस्या समाधान गर्न समाजवाद अबको क्रान्तिको बाटो भएको बताएका छन्।

    नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले अब सैद्धान्तिक र वैचारिक रुपमा समाजवादतर्फ जानैपर्ने आवश्यकता रहेको बताए।



    प्रधानमन्त्री प्रचण्डले २०७४ मा एकता भएको नेकपा जोगाउन नसकेकोप्रति आत्मग्लानी गरे। उनले २०७४ को निर्वाचनमा जनताले समेत अनुमोदन गरेकाले वाम एकता आवश्यकता रहेकाले अझै लागिपर्ने धारणा राखे।



    माधव नेपालले प्रचण्ड अब कसरी अगाडि बढ्नुहुन्छ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भने,‘अहिले जोखिम र चुनौति छ तर चुनौतिको सामना गर्दै जोखिम उठाउँदै अगाडि बढ्ने कम्युनिष्ट आन्दोलनको वर्ग संघर्षको नियम नै हो। राष्ट्रिय एकताका निम्ति र राष्ट्रिय स्वाधीनता, कम्युनिष्ट आन्दोलनका निम्ति जोखिम उठाउनु राम्रो कुरा हो। चुनौतिहरु हुन्छन्, त्यसको सामना गर्नुपर्छ,कम्युनिष्ट पार्टी चुनौति सामना गर्नुपर्छौं। हामी यहि बाटोमा छौं।’

    निष्कलङ्कित, विवादरहित, सादगी र मिलनसार नेता कर्मचार्यले समन्वय र समझदारीका लागि सदा प्रयत्नशील रहेको उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले सिद्धान्तनिष्ठ, क्रान्तिप्रतिको विश्वास, क्रान्तिकारी स्पिरिटप्रतिको लगाव भएको नेता उनी भएको बताए।

    प्रधानमन्त्री प्रचण्डले विचारधारात्मक संघर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवले एकातर्फ समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गरिरहेको र अर्कातर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र संकल्पलाई सार्थक तुल्याउने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार