Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कतारी राजा थानीको स्वागतमा सिँगारियो काठमाडौं

    कतारी राजा थानीको स्वागतमा सिँगारियो काठमाडौं

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 354
    SHARES

    काठमाडौं। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौं सिँगारिएको छ ।

    कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौंको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।



    कतारी राजा अल थानी आज अपराह्न काठमाडौँ उत्रिँदै छन् । दुई दिने राजकीय भ्रमणका लागि उनी आफ्नो निजी विमानमा आउन लागेका हुन् ।



    उनको सुरक्षालाई दृष्टिगत गरि नेपाली सेनाले उनलाई ए ग्रेडको सुरक्षा दिने तयारी गरेको छ ।

    विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७७ को व्यवस्था अनुसारलाई उनलाई मुख्य घेरामा नेपाली सेनाले सुरक्षा दिने भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार