Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • लगानी बिस्तारका लागि संयन्त्र बनाउने नेपाल र कतारबीच समझदारी

    लगानी बिस्तारका लागि संयन्त्र बनाउने नेपाल र कतारबीच समझदारी

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 237
    SHARES

    काठमाडौं । नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसूमह’ गठन गर्ने समझदारी भएको छ ।

    कतारका अमिर शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा सो समझदारी भएको हो ।



    कतारले नेपालमा लगानीको क्षेत्र पहिचान गरी अध्ययन गर्न एक संयुक्त संयन्त्र बनाउन कतार तयार भएको छ ।



    भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण बनेको भन्दै अब कतारलाई भौतिक पूर्वाधार, विद्युत्, कृषि र शिक्षासम्बन्धीमा लगानीका क्षेत्रहरु लागनी गर्न आग्रह गरेका छन् ।

    अमिर तमिमले प्रधानमन्त्रीको प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् । उनले नेपालमा लगानीको सम्भाव्यता अध्ययन गरी छलफल गर्न दुवै देशले एउटा संयन्त्र बनाउने बताए ।

    भेटका क्रममा प्रधानमन्त्रीले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको उल्लेख गर्दै नेपालमा कतारको लगानीका लागि आग्रह गरेका थिए । कतारका अमिरले ऊर्जा, यातायात (हवाई सम्पर्क बिस्तार), कृषिलगायत क्षेत्रमा सहकार्य गर्न कतार सकारात्मक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार