Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौं ओर्लिए कतारका राजा थानी

    काठमाडौं ओर्लिए कतारका राजा थानी

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 885
    SHARES

    काठमाडौं । कतारका अमिर (राजा )शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् ।

    अमिर थानीको विमान ३:४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।



    मंगलबार अपरान्ह ४ बजेर ४० मिनेटमा आउने तालिका भए पनि उनी एक घण्टा अगाडि नै काठमाडौं आइपुगेका हुन् ।



    राजकीय भ्रमणमा आएका उनको स्वागतमा राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।

    विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ ।

    अरब मुलुकबाट नेपालमा भएको यो अहिलेसम्मको उच्चस्तरको भ्रमण हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार