Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कर संकलन गर्न सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो अध्यादेश

कर संकलन गर्न सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो अध्यादेश

बिहिवार , श्रावण २४, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले राजश्व संकलनका लागि ल्याएको अध्यादेश पारित गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले बजेट शून्यताको अवस्था अन्त्य गर्न सो अध्यादेश पारित गरेको हो।

आर्थिक मामिला मन्त्रालयको तर्फबाट अर्थमन्त्री बहादुरसिंह थापाले राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश सामयीक कर अध्यादेश २०८१ बुधबार पेश गरेका थिए ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको प्रमाणीकरणका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरेको छ ।

प्रदेश प्रमुख मियाँले अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित गरेपछि रोकिएको राजश्व संकलनको बाटो खुल्नेछ ।

सुदूरपश्चिम प्रदेशमा तत्कालीन सरकारले चालु आर्थिक वर्षको बजेट पारित गराउन नसकेपछि साउन १ गतेदेखि बजेट शून्यताको अवस्था ठप्प रहेको छ ।

सरकारले ल्याएको अध्यादेश लागु भएपछि भने रोकिएको राजश्व संकलनको अवस्था अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077