Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

मन्त्रिपरिषद्‍मा दुई मन्त्रीको वरियता हेरफेर, १६ औं नम्बरमा पुगे स्वास्थ्यमन्त्री पौडेल

मन्त्रिपरिषद्‍मा दुई मन्त्रीको वरियता हेरफेर, १६ औं नम्बरमा पुगे स्वास्थ्यमन्त्री पौडेल

बिहिवार , श्रावण २४, २०८१

काठमाडौं । मन्त्रिपरिषदमा दुई मन्त्रीको वरियता हेरफेर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन्।

वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा भएका छन् ।

१६ औं स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् ।

पाण्डेको ठाउँमा पौडेल पुगेका छन् । मन्त्री पाण्डे हाल कांग्रेसका सहमहामन्त्री रहेका छन् ।

यसअघि ३१ असारमा गठित मन्त्रिपरिषदमा पौडेल १४ औं, अजयकुमार चौरसिया १५ औं र पाण्डे १६ औं वरियतामा थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077