Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सशस्त्रमा इन्सपेक्टरको नतिजा प्रकाशित, आरक्षण कोटामा मागभन्दा कम उत्तीर्ण (सूचीसहित)

सशस्त्रमा इन्सपेक्टरको नतिजा प्रकाशित, आरक्षण कोटामा मागभन्दा कम उत्तीर्ण (सूचीसहित)

बिहिवार , श्रावण २४, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलको इन्सपेक्टर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

नतिजामा आरक्षण कोटातर्फ माग भन्दा कम उत्तीर्ण भएका छन् ।

महिला, आदिवासी/जनजाती, दलित र अमर तथा अशक्त प्रहरीका सन्तानको आरक्षणमा तोकिएको कोटाभन्दा कम उत्तीर्ण भएका छन् ।

कुल ९९ पदका लागि भएको विज्ञापनमा महिलाका लागि आठ वटा कोटा छुट्याइएको थियो । जसमा चार जना मात्र परीक्षामा सफल भएका छन्।

आदिवासी/ जनजातीतर्फ १३ जनाको मागमा ९ जना, मधेसीतर्फ ११ मा ४, दलिततर्फ ७ मा ३ र अमर तथा अशक्त प्रहरीको सन्तानको कोटातर्फ चार सिट रहेकोमा एक जनामा पनि उत्तीर्ण भएनन्।

यसरी आरक्षणको कोटातर्फ अनुत्तिर्ण कोटालाई खुलातर्फ जोडेर लोकसेवा आयोगले परीक्षा प्रकाशित गरेको छ ।

त्यसो गर्दा पनि ९९ जनामा ७४ जना मात्र उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077