Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

नेपालको आकाश हवाई यात्राका लागि सुरक्षित छैन : सञ्चारमन्त्री गुरुङ

नेपालको आकाश हवाई यात्राका लागि सुरक्षित छैन : सञ्चारमन्त्री गुरुङ

बिहिवार , श्रावण २४, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको आकाश हवाई यात्राका लागि सुरक्षित नभएको बताएका छन्।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन्।

लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको सञ्चारमन्त्री गुरुङको भनाई छ ।

सञ्चारमन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए।

सञ्चारमन्त्री गुरुङले भने,‘अब सरकारले कारणसहित समाधान निकाल्ने गरी छलफल गरिरहेको छ।अहिलेसम्म दुर्घटना हुने छानबिन र जाँचबुझ समिति बनाउनेमा सरकार सीमित भयो ।’

यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकप्टर दुर्घनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री गुरुङले बताए।

शिवपुरी गाउँपालिकाको सूर्यचौरमा एयर डाइनेष्टि हेली सर्भिस प्रालिको ९एन–एजेडी कल साइन रहेको हेलिकप्टर दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077