Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जन्म मिति कीर्तेकाण्डका आरोपी सिग्देललाई प्रधान सेनापतिको कार्यभार

जन्म मिति कीर्तेकाण्डका आरोपी सिग्देललाई प्रधान सेनापतिको कार्यभार

बिहिवार , श्रावण २४, २०८१

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले भोलिदेखि सम्हाल्ने गरी वरिष्ठतम रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन् ।

मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्ने छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलिदेखि लागू हुने गरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोकिसकेका छन् । तर कायममुकायम अब प्रधान सेनापति सिग्देल जन्म मिति कीर्तेकाण्डमा मुछिएका छन् ।

उनीविरुद्ध पटकपटक सोही प्रकरणमा मुद्धासमेत परिसकेको छ । सरकारले कीर्तेकाण्ड दबाउन ४० दिनअघि नै विवादस्पद सैनिक अधिकारी सिग्देललाई कामुको जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077