Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ ।

बुधबारदेखि पार्टी कार्यालयमा शुरू भएको बैठक शुक्रबार पनि जारी रहने भएको हो ।

पार्टी कार्यालयका प्रमुख सचेतक कृष्ण प्रसाद पौडेलका अनुसार बैठकमा पेस भएका विभिन्न ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले धारणा राख्ने क्रम जारी छ ।

हिजोको बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, डा डिला संग्रौला, किरणराज शर्मा पौडेल, राजीव कोइराला, मानबहादुर नेपाली, राजेन्द्रकुमार केसी, गुरू बराल, कान्तिका सेजुवाल, भरतकुमार शाह, सीतादेवी देवकोटा र शारदा पौडेल, आमन्त्रित सदस्य नारायणी रायमाझी लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077