Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

मधेशका मुख्यमन्त्री सिंहलाई जनमतले सोध्यो स्पष्टीकरण

मधेशका मुख्यमन्त्री सिंहलाई जनमतले सोध्यो स्पष्टीकरण

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहसँग स्प्रष्टीकरण सोधेको छ।

मधेश सरकारको मन्त्रिपरिषद्‍मा आवश्यकताभन्दा दोब्बर सदस्य राखेपछि मुख्यमन्त्री सिंहलाई जनमतले स्पष्टीकरण सोधेको हो ।

मुख्यमन्त्री सिंहलाई संसदीय दलका नेतालाई छाडेर जनमतले मुख्यमन्त्री बनाएको थियो । सिंहले यही मंगलबार प्रदेश सरकारमा ५ जना राज्यमन्त्री थपेर प्रदेश मन्त्रिपरषद्लाई २० सदस्यीय पुर्‍याएका थिए ।

संघीय सरकारमा २५ सदस्यीय मन्त्रिपरिषद् हुन्छ । प्रदेशमै संघको हाराहारी मन्त्रिपरिषद् बनाएपछि जनमत नेतृत्व उनीसँग असन्तुष्ट छ ।

संघीयतायता जनमतले प्रदेशतर्फ सबैभन्दा ठूलो मन्त्रिपरिषद् बनाएको छ । बागमतीका तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले यसअघि प्रदेश सरकार १८ सदस्यीय बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077