Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पाँच बर्ष जेल बसेर छुटेको एक हप्तामै फेरि अर्को चोरी, गरगहनासहित पक्राउ परे गिरी

पाँच बर्ष जेल बसेर छुटेको एक हप्तामै फेरि अर्को चोरी, गरगहनासहित पक्राउ परे गिरी

शुक्रवार , श्रावण २५, २०८१

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले चोरीका बिभिन्न गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।

चोरीको मुद्धामा जिल्ला अदालत कैलालीबाट-५ बर्ष कैद सजाय भुक्तान गरेर छुटेको एक जनालाई प्रहरीले फेरी चोरी कै मुद्धामा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१८ फुलबारी बस्ने बर्ष ३१ का हर्कबहादुर गिरी रहेका छन् ।

उनलाई धनगढी उपमहानगरपालिका ०४ बसपार्क स्थित योगेन्द्र ओझाको घरबाट नगद र गरगहना चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गिरी ओझाको घरबाट २५ हजार ५०/६० तोला चाँदी र १४/ १५ तोला सुनका गरगहना चोरी गरेर फरार भएका थिए । ओझाको घरमा कोही नभएको समयमा बुधवार बिहान गिरीले चोरी गरेका थिए।

गिरीले धनगढीको हसनपुरमा समेत एक घरमा चोरी गरेका थिए। उनी कैलाली कारागारबाट कैद भुक्तान गरेर श्रावण १७ गते मात्र छुटेका थिए।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टकाअनुसार गिरीले घरमा कोही नभएको मौका बुधबार बिहान ओझाको घरबाट नगद २५ हजार नगद, अन्दाजी ६० तोला चाँदी र १५ तोला सुनका गरगहना चोरी गरेका थिए ।

गिरीको साथबाट चोरी गरिएको चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायल लगायतका अन्य विभिन्न किसिमका गरगहना, सिक्का, घडी र नगद ६ हजार १३५ बरामद गरिएको छ ।

गिरीलाई हिरासतमा राखेर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गिरी चोरी मुद्दामा जिल्ला अदालत कैलालीबाट ५ बर्ष कैद सजाय भएर २७ कात्तिक २०७७ देखि कारागार कार्यालय कैलालीमा कैद भुक्तान गरिरहेका थिए ।

१७ साउनमा कैद भुक्तान गरि छुटेका गिरी हप्ता दिन नबित्दै फेरि चोरी आरोपमा पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077