Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अमेरिका पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने एक जना पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने एक जना पक्राउ

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । प्रहरीले अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला पाणीनी गाउँपालिका-७ दुविचौर घर भई हाल काठमाडौंको तारकेश्वर बस्ने २१ वर्षीय लक्ष्मी माझी रहेकी छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो ।

माझीले बिभिन्न व्यक्तिलाई अमेरिका पठाइदिने भन्दै लाखौं ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनी अमेरिकामा मासिक दुई लाख रुपैयाँ तलव सम्म हुने भन्दै ५४ लाख ७ हजार ८ सय ७० रुपैयाँ लिई फरार भएकी थिईन् ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077