Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

वीरगन्जबाट ४ करोडभन्दा बढीको भेप बरामद

वीरगन्जबाट ४ करोडभन्दा बढीको भेप बरामद

शुक्रवार , श्रावण २५, २०८१

पर्सा । जिल्ला प्रहरी कार्याल पर्साले ठूलो परिमाणमा भन्सार छली गरी भण्डारण गरी राखेको भेप बरामद गरेको छ ।

पर्सा प्रहरीले वीरगन्जबाट एक भारतीय नागरिकको कोठाबाट ठूलो परिमाणमा भेप बरामद गरेको हो।

विशेष सूचनाको आधारमा शुक्रबार वीरगञ्ज महानगरपालिका–६ रेल्वेरोड बस्ने रामप्रसाद बरैको घरमा छापा हानेको थियो ।

उनको घर भाडामा लिइ भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृत रूपमा भण्डारण गरी राखेको एल्फबार राया डि ३ २५००० ब्रान्डको भेप बरामद गरिएको प्रहरीले जनाएको छ ।

७६ कार्टुनमा प्रतिकार्टुन २ सय थानको दरले जम्मा १५ हजार २ सय थान भेप बरामद भएको छ । बरामद भएको भेपको मूल्य करिब चार करोड ८६ लाख २४ हजार ८ सय रुपैयाँ छ ।

भेपबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। भेप भण्डारण गरेका भारतीय व्यक्ति सुदामाप्रसाद फरार रहेको र उनको खोजतलास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077