Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बढुवा भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

बढुवा भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न दर्जामा बढुवा भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति सिग्देलले उपरथीमा पदोन्नति भएका सहायक रथी मधुकरसिंह कार्कीसहितका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सहायक रथीबाट २२ साउनमा कार्की उपरथीमा बढुवा भएका थिए । बढुवा भएसँगै कार्कीको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सहसंयोजकमा नियुक्त गरिएको छ ।

त्यसैगरी सहायक रथीमा बढुवा भएका प्राविधि डेन्टिष्ट डा समीर अर्याल, जगदीश खड्का र अमृत काजी गुरुलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

महासेनानी पदमा बढुवा भएका शैलेन्द्र कोइरालालाई शुक्रबारनै सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमकाबीच दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

त्यस्तै सि.सं. ६१ अधिकृत आधार तालिममा छनौट भई इन्डियन मिलिटरी एकेडेमीबाट अधिकृत आधारभूत तालिम सम्पन्न गरी काठमाडौं फर्किएका ४ जना अधिकृत क्याडेटलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077