Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

बंगलादेशमा हिन्दू र बौद्ध अल्पसंख्यकमाथिको आक्रमण चिन्ताजनक : कांग्रेस

बंगलादेशमा हिन्दू र बौद्ध अल्पसंख्यकमाथिको आक्रमण चिन्ताजनक : कांग्रेस

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । नेपाली कांग्रेसको बङ्गलादेशका अल्पसङ्ख्यक हिन्दू र बौद्ध समुदायमाथि आक्रमण गरिएका घटना चिन्ताजनक भएको टिप्पणी गरेको छ ।

कांग्रेसले शुक्रवार बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो ।

धार्मिक अल्पसङ्ख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्न बङ्गलादेशको नयाँ सरकार सफल हुने विश्वास लिएको कांग्रेसले जनाएको छ ।

‘विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसङ्ख्यक विशेषगरी हिन्दू र बौद्ध समुदायमाथि आक्रमण गरिएका घटना चिन्ताजनक भएकाले धार्मिक अल्पसङ्ख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्न सफल हुने कांग्रेसले विश्वास लिएको छ,’ निर्णयमा भनिएको छ ।

यस्तै कांग्रेसले बङ्गलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मुहम्मद युनुसलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077