Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

प्रत्यक्ष निर्वाचनमै महिला ३३ र दलित १० प्रतिशत अनिवार्य हुनुपर्छ : आरजु राणा

प्रत्यक्ष निर्वाचनमै महिला ३३ र दलित १० प्रतिशत अनिवार्य हुनुपर्छ : आरजु राणा

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमै ३३ प्रतिशत महिला र १० प्रतिशत दलित समुदायका लागि उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने बताएकी छिन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वारा पेस भएको प्रतिवेदन एवं जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका, २०८१ का सन्दर्भमा आफ्ना सुझाव राख्दै उनले नेपाली कांग्रेसले राज्यका निकायमा ३३ प्रतिशत महिला सभागिताको नीति लिएको भएपनि प्रत्यक्ष निर्वाचनमा नै यसको सुनिश्चितताको माग गरेकी हुन् ।

प्रत्यक्ष निर्वाचनमै महिलालाई ३३ र दलित समुदायका लागि १० प्रतिशत उम्मेदवारीको सुनिश्चितता हुनेगरी नीति बनाउनुपर्ने उनको भनाई छ ।

उनले पार्टीका प्रत्येक प्रशिक्षण कार्यक्रममा लैङ्गिक र समावेशितासम्बन्धी छुट्टै सत्र समावेश गरी यसको पाठ्यक्रममा नै लैङ्गिक र समावेशिता विषय समेट्नुपर्ने धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077