Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

टीआरसी विधेयकमा बलात्कारका दोषीलाई कुनै छुट हुँदैन : गृहमन्त्री लेखक

टीआरसी विधेयकमा बलात्कारका दोषीलाई कुनै छुट हुँदैन : गृहमन्त्री लेखक

शनिवार , श्रावण २६, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले टीआरसी विधेयक पीडित मैत्री रहेको बताएका छन्।

‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा द्वन्द्व पीडितको सहभागिता’ विषयक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

गृहमन्त्री लेखकले द्वन्द्वकालमा भएका बलात्कार घटनाका दोषीलाई सजायमा कुनै छुट नहुने बताए। बलात्कार घटनाका दोषीलाई सजाय कम गर्दा समाजमा राम्रो सन्देश नजाने गृहमन्त्री लेखकको भनाई छ।

गृहमन्त्री लेखकले भने,‘जहिले, जसरी भए पनि बलात्कार बलात्कार नै हो,त्यसमा कुनै अवस्थाले सजाय फरक हुँदैन । देशभरीमा अहिले पनि सबैभन्दा बढी बलात्कार घटनामा दोषी कैदी रहेछन्, यसमा सजाय घट्यो भने समाजमा के सन्देश जाला ?’

सबै सरोकारवालाको चासो हेर्दा संक्रमणकालीन न्यायसम्बन्धी कानुनमा योभन्दा राम्रो गर्न नसकिने बताए ।

गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायसम्बन्धी कानुन कार्यान्वयनमा निकै ठुलो चुनौती रहेको भन्दै सबै पीडितहरू संवाद गरेर एकै ठाउँमा उभिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077