Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न : प्रधानमन्त्री ओली

म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न : प्रधानमन्त्री ओली

शनिवार , श्रावण २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मान्यताका साथ काम गरिरहेको बताएका छन् ।

‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को पदस्थापन र प्रथम क्याबिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले आफूले सत्यको बाटोको राजनीति गर्दै आएकाले शक्तिसँग नझुक्ने मान्यताका साथ काम गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने,‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ ।’

उनले आफूलाई अग्लो देखाउन अरुलाई होचो भन्ने वा असत्य कुराहरुलाई आधार मानेर गालीगलौज र बदनाम गर्नेहरुको प्रवृत्ति सही नहुने बताए ।

देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताए ।

उनले नेपाललाई अल्प विकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077