Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

अब देशमै केही गर्न सकिन्छ भन्नेतर्फ युवालाई आकर्षित गर्नुपर्छ : गगन थापा

अब देशमै केही गर्न सकिन्छ भन्नेतर्फ युवालाई आकर्षित गर्नुपर्छ : गगन थापा

शनिवार , श्रावण २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब स्वदेशमै केही गर्न सकिन्छ भन्नेतर्फ युवालाई आकर्षित गर्नुपर्ने बताएका छन् ।

कांग्रेस नेता श्यामबहादुर कार्कीको १७औँं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले‘अब देशमा केही हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो रहेको बताए।

महामन्त्री थापाले भने,'स्वदेशमै केही गर्न सकिन्छ भन्नेतर्फ युवालाई आकर्षित गर्नुपर्छ। यसका लागि राज्यले उचित वातावरण तयार गर्न समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ। समाजमा गौरव गर्ने कुरा धेरै छन्। केही छैन भन्ने सोच्नु हुँदैन।'

उनले जनतामा निराशा आउन नदिन सरकारले विशेष ध्यान पुर्‍याउनुपर्ने बताए।

महामन्त्री थापाले देशैभरका प्रजातन्त्र सेनानीको अभिलेख तयार पारी पार्टीको अभिलेखमा राख्ने र दश करोडको अक्षय कोष खडा गर्ने नीति पार्टीले लिएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077